एजेन्सी– शारीरिक ब्यायमले शरीर स्वस्थ बनाउन मद्दत पुग्छ। साथै आँखाको ज्योति थप तेजिलो बनाउन पनि महत्वपूर्णा भुमिका खेल्छ।
एक अनुसन्धानले दुई समूहमा विभाजित मुसाहरुमध्ये पहिलो समुहका मुसालाई दैनिक १ घण्टा ट्रेडनिलमा दौडाइएको थियो। दोस्रो समूहका मुसाहरुलाई स्थीर अवस्थामा राखिएको थियो। दुई हप्तापछि ट्रेडनिलमा दौडिएका पहिलो समूहका मुसाहरु दैनिक ४ घण्टा चहकिलो प्रकाशमा विताइरहेको पाइयो। तर स्थिर रहेका दोस्रो समूहका मुसाहरु भने न्युन तथा मध्यम प्रकाशमा रहन रुचाए।
यस्तो नतिजा देखिनुको कारण स्थिर रहेका मुसाहरुको रेटिनामा प्रकाश थाह पाउने न्युरोनहरु मरेका थिए। र यसैको कारण तिनिहरुको आँखाको ज्योति कमजोर हुन पुग्यो। मुसाहरुमा गरिएको अनुसन्धानबाट यस्तो नतिजा पाएपछि अनुसन्धानकर्ताहरू मानिसहरुमा पनि शारीरिक व्यायम र आँखाको ज्योतिको सम्वन्धको बारेमा परीक्षण गर्ने तयारीमा लागिरहेका छन्।