काठमाडौं– मानिसलाई सास गन्हाउने समस्याले धेरैलाई पिरोलिरेको हुन्छ। भेटघाट, बैठक, कुराकानी आदिमा आफ्नो सास गन्हाउने डरले कतिपय मानिसहरु टाढैबाट बोल्ने गरेका हुन्छन्। तर समाधानको उपाय खासै खोजी गरेको पाइदैन।
मुखको दुर्गन्ध हटाउने तथा सास ताजा राख्ने केही घरेलु उपाय यस्ता रहेका छन्ः मुख दुर्गन्धित हुनु र सास गन्हाउने कारण मुखमा हुने ब्याक्टेरिया हो। यसले निकाल्ने सल्फर कम्पाउडको कारण हाम्रो मुख तथा सास गन्हाउछ। त्यसबाट मुक्ति पाउनका लागि निम्न उपाय गर्न सकिन्छ।
तातो पानीमा नून मिसाएर कुल्ला गर्नुस्, खानामा रेसादाररफाइबरयुक्त सब्जीहरु समाबेश गर्नुस्, एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ, बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ, हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुस्।
जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ, हरेक दिन खाना खाएपछि तुलसीको पात वा अलैची चबाउने गर्नुस्, पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ, प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन, बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुस्।