एजेन्सी– हाम्रो शरीरमा जाडोको बेला होस् या तर्सेको बेला छालामा स–साना विमिरा देखिन्छ, जसलाई हामीले काँडा उठेको भन्ने गर्दछौ। यस्तो काँडा किन उठ्ने गर्छ, यसकाे कारणा कमैलाई थाहा होला। जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ।
चिसो वा जाडोको बेला पनि काँडा उठ्छ। त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ। यस्तो काँडा मानिसमा मात्रै होइन जनावरमा पनि देखिने गर्छ। तर उनीहरुको शरीरमा हुने रौले हामी देख्न सक्दैनौ। जनावरहरु जव खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन।
जनावरहरुमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ। तर मानिसमा जनावरमा जस्तो बाक्लो रौ नहुनाले काँडा उठेर पनि कुनै फाइदा हुदैन। मानिसमा काँडा उठेर न न्यानो हुन्छ न त दुस्मननै भगाउन सकिन्छ।