काठमाडौं– अनुहारमा नरिवलको पानीले धोएमा त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो बनाउन मद्दत गर्दछ। यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ।
यसको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ। नरिवल पानीको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ र छालालाई सुन्दर बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउनपनि मद्दत पुर्याउछ।