काठमाडाैं– पछिल्लो समय टुटल र पठाओ राजधानीमा लोकप्रिय बन्दै गएको छ। अहिले मोबाइल एप मार्फत टुटल र पठाओमा यात्रा गर्नेहरुको संख्या लाखमा छन्।
आज शुक्रबार प्रकाशित भएको कान्तिपुर साप्ताहिकमा कृष्ण आचार्यले लेखेको समाचार अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन्। यसैगरि याे सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको संख्या भने ११ लाखको हाराहारीमा छ।
कम्पनीले दिएको जानकारी अनुसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा २५ देखि ३० ट्रिपसम्म यात्रु ओसार्न सक्छ भने दिनमा ३ हजारसम्म आम्दानी हुन सक्छ।