काठमाडौं_ विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन भएको छ।
थापा मगरको शुक्रबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनियाले बिरामी भएका थापालाई उपचारको लागि बिहीबार मणिपाल अस्पताल लगिएको थियो।
बाग्लुङका खगेन्द्र जन्मँदा ६०० ग्राम तौलका थिए भने विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो। उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वरल्ड रेकर्ड’मा नाम लेखाएका थिए।