काठमाडौं– अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो जादा ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली श्रमिक गरी ७ जना पुरिएको पाइएको छ। यद्यपि ७ जना पुरिएको विषयमा पुष्टि भने हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण गाउँपालिका वडानम्बर ११ अन्तर्गत पर्ने अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा गएको हिम पहिरोमा अहिलेसम्म १ जना व्यक्ति पुरिएको सूचना प्राप्त भएको जनाएको छ।
त्यसैगरी एसपी कार्कीका अनुसार पहिरो गएको कुरा सत्य हो। तर, त्यसमा कति व्यक्ति परे भन्ने विषयमा विभिन्न हल्ला आइरहेकोे बताए। साथै एसपी कार्कीले अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा अलपत्र परेका ५ जना पदयात्रीको भने उद्दार गरिएको जानकारी दिए।