काठमाडौं– नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको हुनाले मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले (शनिबार बिहान)देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपात भईरहेको छ। त्यस्तै काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। काठमडौं उपत्यकालगायत देशका अधिकंश स्थानमा बिहीबार साँझदेखि भएको वर्षा गएरातिदेखि रोकिएको छ। वर्षा रोकिएलगतै काठमाडौंमा बाक्लो हुस्सु लागेको हो।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको मौसमको पुर्वानुमान यस्तो छः
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ।
रातिः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुनेछ।