एजेन्सी– अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पत्नी मिसेल ओबामालाई जन्मदिनको शुभकामना दिएका छन्। विभिन्न पोजका चार तस्बिरसहित ओबामाले पत्नी मिसेललाई ट्विटरमार्फत् जन्मदिनको शुभकामना दिएका हुन्। ‘मिसेल हरेक दृश्यमा तिमी मेरी स्टार हौँ’, ओबामाले लेखेका छन्, ‘जन्मदिनको शुभकामना, बेबी !
ओबामाले ट्विट गरेका चार तस्बिरमध्ये पहिलो तस्बिरमा मिसेलले ओबामालाई मायालु पाराले अंगालो हाल्दै गालामा समातेकी छन्। दोस्रो तस्बिरमा ओबामाले मिसेललाई किस गरेका छन्। तेस्रो तस्बिरमा ओबामा र मिसेलले तस्बिरका लागि पोज दिएका छन् भने चौंथो तस्बिरमा ओबामाले मिसेललाई अंगालो हालेर किस गरेका छन्।

ओबामाको जन्मदिनको शुभकामना दिने यो शैली ट्विटरमा खुब रुचाइएको छ। ट्विट भएको २० मिनेटमा एक लाख १३ हजारले लाइक गरेका छन् भने १७ हजारले रिट्विट गर्दा तीन हजारले प्रतिक्रिया दिएका छन्।