काठमाडौं– फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवममा सहभागि हुन बलिउडका चर्चित निर्देशक प्रकाश झा नेपाल आउने भएका छन्।
गंगाजल, राननिति, अपहरण जस्ता सामाजिक–राजनितिक फिल्महरु निर्देशन गरेका निर्देशक झाले यस कार्यक्रममा मास्टर क्लासपनि दिने जनाइएको छ। त्यस्तै महोत्सवमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई उनको नेतृत्वको निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछन्।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन्। १० अन्तर्राष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने बताइएकाे छ। त्यस्तै ५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छानिएका मात्र प्रदर्शन गरिने छन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ। यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओपाओलो, र सिङ्गापुरका फिल्ममेकर युनि हाडी सदस्य रहेनछन्।