पोखरा– पोखराको आर्वामा भाले जातको चितुवा मृत अवस्थामा भेटिएको हो। राति नै चितुवा मरेको आँकलन गरिए पनि स्थानीयले बिहानमात्रै देखेका हुन्।
चितुवा कसरी र्मयो भन्ने एकीन हुन सकेको छैन। यद्यपि, २ वटा चितुवा आपसमा लडेर एउटा मरेको अनुमान छ।
‘चितुवालाई कुनै हात हतियार प्रयोग गरेको देखिएन। चिथोरिएको केही दागहरू छन्, कास्कीका वन अधिकृत चुडामणी बरालले भने, ‘अरूले मारेको होइन, आफैं लडभिडमा परेर मरेको जस्तो देखिन्छ।
आर्वा क्षेत्रमा पछिल्लो समय बाघको सङ्ख्या बढिरहेको उनको अनुमान छ। मरेको चितुवालाई जिल्ला वन कार्यालयमा लगिएको स्थानीय श्रीराम सुवेदीले जानकारी दिए।