काठमाडौं– राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रियसभा सदस्यका लागि दुई उम्मेदवार अघि सारेको छ। जनमोर्चाले गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नंं प्रदेशमा शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अनुसार गण्डकी प्रदेश र प्रदेश नं ५ बाट पार्टीले उठाएको २ उम्मेदवारले अन्य समूहबाट प्रतिस्पर्धा गर्नेछन्।
जनमोर्चाले आफ्ना उम्मेदवारलाई जिताउन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग भोट मागेका छन्। राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सिटका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ।