चीप्लेढुङगा– पोखरा महानगरपालिका–१३ आर्वा्स्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा आज बिहान मृत अवस्थामा चितुवा फेला परेको छ।
मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयवासीले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिएका छन्। चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ।
अहिले प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यलयमा लगेको उनले बताए। के कारणले चितुवाको मृत्यु भएको हो, पोष्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ। (रासस)