काठमाडौं– पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ। एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो। अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो। यस्तै अर्को खेलमा आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अङ्कले पराजित गरेको हो।
प्रतियाेगिताकाे विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ। रासस