काठमाडौं– दक्षिण एसियाका विभिन्न देशमा शारीरिक सम्बन्धका विभिन्न तरिकाका बारेमा बहस हुन्छ। पछिल्लो समय भने युवामाझ तान्त्रिक यौन सम्बन्धले चर्चा पाएको छ। के हो तान्त्रिक यौन सम्बन्ध धेरैलाइ थाहा नहुनसक्छ।
युवाहरुले यौन सम्बन्ध कायम गर्ने वातावरण शान्त, खुला र एकान्त ठाउँको खोजी गरेर तान्त्रिक यौन सम्बन्ध बनाउन थालेका छन्। युवाहरुले अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्था गरेर गरिने यौन सम्बन्धलाई तान्त्रिक यौन सम्बन्ध भन्छन्।
यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन्। एकअर्काका आँखामा आँखा जुधाँएर हेर्दा एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति हुन्छ। शान्त वातावरणमा समान गतिमा स्वास लिएर दुवैजनाले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन्। शरीर नछोइ’कन सा’मिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप बिस्तारै बढ्न थाल्छन्। यसरी दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने यौन क्रियालाई तान्त्रिक यौन सम्बन्ध भनिन्छ।
तान्त्रिक यौन सम्बन्धले साँच्चिकै युवायुवतीबीच घनिष्ठता कायम हुन्छ। कोलाहल र अस्तव्यस्त जीवनशैलीले शारीरिक सम्बन्ध पनि राम्रो नहुँने भएकाले पछिल्लो समय युवा पुस्ताले यस्तो वातावरण खोज्ने प्रचलन बढ्न थालेको छ। नेपाल लगायत दक्षिण एसियाका विभिन्न देशमा यो यौन सम्बन्धको तरिका निकै बढ्दै गएको छ।