काठमाडौं– लोकप्रिय सर्जक एकनारायण भण्डारीको शब्द संगीतमा चर्चित गायिका बिष्णु माझी र विमलराज क्षेत्रीको आवाजमा निकै मिठो लोकदोहोरी गीत अहिले बजारमा चर्चाको शिखरमा छ। एकनारायण बहुप्रतिभाशाली सर्जक हुन्, उनले सृजना गरेका लोक, आधुनिक र पप गीतहरु उतिकै चर्चामा रहेका छन्।
‘सुपारी चाम्रो’ गीतमा बिष्णु माझी र विमलराज क्षेत्रीको आवाजलाई दर्शकले अत्याधिक रुपमा रुचाएपछि एकनारायणले यो जोडीलाई पुन दोहोर्याएका हुन्। गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ। शान थापाको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा भिजु पार्की र कविता नेपालीको उत्कृष्ट नृत्य रहेको छ। छोटो समयमा दर्शकले यो गीतलाई अत्याधिक रुचाएका छन्। एकनारायण भण्डारीको अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=eYf12Atm4Kc