एजेन्सी– बलिउडका सुपस्टार सलमान खान हाल प्रभु देवाले निर्देशन गरेको फिल्म ‘राधे’ को सुटिङमा व्यस्त छन्। हालै सलमानले ‘कभी ईद कभी दिवाली’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए।
उक्त फिल्म सन् २०२१ मा रिलिज हुने फाइनल भइसकेको छ। त्यस्तै उनकाे ‘किक‘ फिल्मकाे सिक्वेल ‘किक २’ पनि निर्माण हुँदैछ। उक्त फिल्मकाे अहिले स्किृप्टकाे काम भइरहेको बताइएकाे छ।
तर सलमानले ‘किक २’ काे पनि रिलिज मिति तय गरीसकेका छन्। साजिद नाडियाडवालाले निर्देशन गर्ने उक्त फिल्मलाई सन् २०२१ को तिहारको अवसर पारेर रिलिज गरिने छ।