(तस्वीर राताेपाटी)
सोलुखुम्बु– सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–११, तिङ्लाका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। राष्ट्रिय विद्युत् प्रसारण लाइनको विषयलाई लिएर उनीहरु आन्दोलनमा उत्रीएका हुन्।
उनीहरुले आफ्नो क्षेत्रमा विद्युत् वितरण नगरी तिङ्लामा बनेको सबस्टेसनमा ३३ केभी प्रसारण लाइन जोडिएकोमा आपत्ति जनाएका छन्। शनिबार सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रम राखिएको थियो।
सबस्टेसन रहेको क्षेत्रमा विद्युतीकरण नगरी उद्घाटन गर्नुको औचित्य नरहने भन्दै तिङ्लाबासी आन्दोलनमा उत्रिएका हुन्।तिङ्लावासीको आन्दोलले सो क्षेत्रमा आइतबार पनि यातायात सञ्चालन भएको छैन। ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् भने स्थानीय प्रशासनले पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ।