काठमाडौं– काठमाडौंबाट नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नेपाली रुपैयाँ १००० दरका ३१ थान नक्कली नोटसहित २ जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराको निजगढ घर भएका २७ वर्षीय अनुस थापामगर र सोही ठाउँका २२ वर्षीय रवि आलेमगर रहेका छन्। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।