काठमाडौं– रोगबाट बच्नका लागि स्वस्थ रहन जरुरी हुन्छ। रोगबाट बच्न प्रतिरक्षा प्रणाली पनि मजबुत हुनुपर्छ। त्यसैले खानामा त्यस्ता पदार्थहरु समावेश गर्नुस जसले तपाईँको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ।
त्यसैले आज हामी केही त्यस्ता पेय पदार्थ (जुस) को बारेमा जानकारी गराउछौँ जसको नियमित सेवनले तपाईँलाई सम्भावित रोगहरुबाट बचाउँछ र स्वस्थ राक्छ मद्दत गर्दछ।
स्याउको जुस– एक कथन नै छ, ‘दिनहुँ एउटा स्याउ खाने ब्यक्ति डाक्टरकोमा कहिल्यै जान पर्दैन।’ कथनले भनेजस्तै स्याउ स्वास्थ्यकाे लागि उपयाेगी फलफूल हाे। स्याउको बोक्रा सहित पिँधेर जुस बनाई नियमित सेवन गर्नाले रोगबाट बचाउँछ।
ग्रिन टी– ग्रिन टीमा एपीग्यालोक्याटेचिन नामक तत्व पाईन्छ जसमा किटाणुहरु बिरुद्ध लड्न सक्ने क्षमता र गुण हुन्छ। ग्रिन टीको नियमित सेवनले रोग प्रतिरक्षा क्षमता बढाउँछ।
बिटरुट जुस, चुकन्दर र गुलियो मूला– स्वादमा पनि गुलियो हुने बिटरुट पिउँदा औषधिकाे रुपमा प्रयोग गरेको भान पनि हुँदैन।यसमा प्रसस्त मात्रामा पाइने भिटामिन सी र अरु एन्टिअक्सिडेन्टले मानिसलाई रोगविरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ।
कागतीको रस– सजिलै पाइने कागतीको रस सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ। यसमा प्रशस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले विविध प्रकारका रोगबाट बचाउँछ।
ब्रोकाउली जुस– ब्रोकाउलीको जुसमा पाईने सल्फरले शरीरको बिषादि हटाउने काम गर्छ र मानिसलाई स्वस्थ रहन मद्दत गर्छ। त्यसकारण ब्रोकाउलीकाे जुस नियमित सेवन गर्नु लाभदायक हुन्छ।