एजेन्सी– बलिउड अभिनेत्री शबाना आजमी शनिबार दिउँसो भएको कार दुर्घटनामा घाइते भएकी छन्। मुम्वई–पुणे हाइवेमा शबाना सवार कार ट्रकसँग ठाेक्किँदा उनी घाइते भएकी हुन्। यो दुर्घटना मुम्बईबाट करिब ६० किलोमिटर टाढा खलापुर नजिकै भएको थियो।
न्युज एजेन्सी पीटीआईका अनुसार उनलाई मुम्बईको एमजीएम अस्पतालमा भर्ना गरिएको छ। महाराष्ट्र ट्राफिक प्रहरीका अनुसार दुर्घटनाबाट शबानाको अनुहार, घाँटी र आँखामा चोट लागेको छ।
उनका श्रीमान् लेखक तथा गीतकार जावेद अख्तर पनि उक्त समय कारमै रहेको बताइएको छ। उनलाई भने कुनै चोट नलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी खतरामुक्त छिन्।