काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षद्धयले लामो समयदेखि अल्मलिएको सभामुख चयनका बारेमा अन्ततः टुंगो लगाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार बिहान बसेको करिब साढे दुई घण्टाको बैठकमा नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय भएको हो।
तर यसको औपचारिक जानकारी भने दुबैले गराएका छैनन्। अग्नि सापकोटाको विषयमा सहमति जुटेको भएपनि ४ बजेको सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्ने जनाइएको छ।
यसअघि नेकपाभित्र सभामुख चयनको बिषयमा निकै विवाद थियो। प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए। यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन्।