काठमाडौं– लोकप्रिय गायिका आस्था राउतविरुद्ध प्रहरीले अनुसन्धानका लागि अनुमति पाएकाे छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले राउतको खोजी कार्य सुरु गरेको छ। गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन्।
तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन्। भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।
रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान पछि घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो। घटनाले चर्को रुप लिए सँगै सामाजिक सञ्जालमा गायिका राउतका विरुद्ध नराम्रा टिका टिप्णीहरु भईरहेका छन्।