काठमाडौं– गायिका आस्था राउत अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छिन्। प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेपछि उनी विवादित बनेकी हुन्। उनीविरूद्ध पक्राउ पूर्जीसमेत जारी भैसकेकाे छ।
आस्थाको विषयलाई लिएर साधारणदेखि सेलिब्रेटीले टिप्पणी गरिरहेका छन्। कसैले आस्थाको पक्षमा बोलेका छन् भने कसैले आस्था गलत भएको लेखेका छन्। जे होस् यो बिषयमा दोहोरो आलोचना भईरहेको छ।
यस्तैमा नायिका करिश्मा मानन्धरले पनि एक स्टाटस लेखेकी छिन्। उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको बताएकी छिन्। यो अनुभव आफूले भोगेर वाक्क भइसकेको पनि उनले लेखेकी छिन्।
उनको स्टाटस यस्तो छः
‘असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन। पुलिस पनि नेपाली नै हुन्। दिनभरी दिक्क लाग्ने कामले वाक्क छन होला। तर, भाषाको प्रयोग गर्दा ध्यान पुर्याउनु होला। बिचरा गायिकाजीको नयाँ अनुभव भएछ। यो त हामीले सहेर उनीहरुलाई नै वाक्क पारेको चिज हो। भाषाको साथसाथै सुधार्नु पर्ने केही उदाहरण, ट्राफिक इन्टरसेक्सनमा कसको अधिकार पहिलो हुन्छ?
मुख्य सडकको पहिलो अधिकार हुन्छ। अनि हाम्रो जस्तो गल्ली गल्ली भएको ठाउँमा पहिलो प्राथमिकता मुल बाटोको सवारी साधनको हुन्छ। त्यो थाहा छैन। गल्लीको टुप्पोमा लेखेर राख्नुस् –‘पूरै रोक्नुस्, हेर्नुस्, अनी जानुस। अर्को नियम कमसेकम १०० मिटर थाहा हुनुपर्छ, इन्डिकेसन कता जानी भनेर त्यो खोइ?
त्यती सामान्य नियम थाहा छैन तपाईहरुलाई? अनि होला आवेगमा आस्थाले केही त्रुटी बोल्ने समयमा गरिन् होला। तर के नेपाल पुलिसबाट ‘तँ’ नखाने कोही छौं? त्यो पनि बिना कारण। हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छोडिदिन्छौ। तर अब केटाकेटीले रियाक्ट गरिन्। त्यही हो।’