काठमाडौं– जाडो मौसममा आफूलाई स्वस्थ राख्न सबैले आवश्यक सावधानी अपनाउनुपर्छ। जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र यसलाई बढाउनका लागि केहि विधी अपनाउन सकिन्छ। यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्न मद्दत गर्दछ। त्यस्तै बाह्य जाडोबाट पनि शरीरलाई बचाउँछ भने, रोगसँग लड्ने क्षमता बढाउँछ।
यसरी नुहाउनुहोस्
जाडो मौसममा पनि नुहाउन त पर्छ नै, तर नुहाउने विधी सुधार गर्न आवश्यक हुन्छ। जस्तो कि, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गर्ने, त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राख्ने। उक्त मिश्रित पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ।
तातो तेलले मालिस
नुहाइसकेपछि शरीरलाई मालिस गर्नुपर्दछ। आयुर्वेदमा प्रतिदिन आत्म–मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ। सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसंचार पनि बढाउँछ। यसो गर्नाले जाडोको लागि एकदमै उपयोगी हुन्छ।
तातो खाना
जाडोमा खाइने तातो र हल्का भोजनले पनि स्वास्थ्यका लागि प्रतिरक्षा बढाउने काम गर्छ। किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ। मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई एक तह माथि लैजान्छ।
पर्याप्त निद्रा
पर्याप्त निद्रालाई आयुर्वेदमा सबैभन्दा राम्रो मानिएको छ। जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ताकि प्रतिरक्षा क्षमता वृद्धि हुन सकोस्।
आयुर्वेदिक जडीबुटी
आफ्नो खानामा अमला, तुलसी, त्रिफला जस्ता जडिबुटीहरुलाई समावेश गर्नु लाभदायक हुन्छ। यी जडिबुटीलाई चियाका रुपमा पनि प्रयोग गर्न सकिन्छ। यी जडिबुटीहरुले हाम्रो शरीरको प्रणालीमा रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्दछ भने, प्रतिरक्षा बढाउँछ।
खानामा मसला
जाडो मौसममा खानामा केहि मसला मिश्रण गर्नु पनि लाभदायक हुन्छ। यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ। जीरा, बेसार, धनिया, अदुवा र मरिच जस्ता मसला आफ्नो दैनिक आहारामा समावेश गर्न सकिन्छ। यसले रुँघा तथा फ्लुको समस्या रोक्दछ।
चिसो पेयपदार्थ बाट बच्नुहोस्
डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ। त्यसैले जाडो मौसमका दौरानमा प्रतिरक्षा प्रणाली सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन बन्द गर्नुपर्दछ।