(तस्वीर अनलाइन खबर)
विराटनगर– प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ। प्रदेश १ मा रहेका सात वटा मन्त्रालयमध्ये २ वटा मन्त्रालयमा अझैसम्म पनि मन्त्री नियुक्त भएको छैन्। प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले शनिबार मात्र मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो। तर मुख्यमन्त्री राईले भने मन्त्री पद रिक्त राखेर राज्यमन्त्री नियुक्त गरेका छन्। नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिइसकेका छन्।