एजेन्सी– छोटो भिडियो क्रिएटिङ तथा सेयरिङगर्ने चर्चित एप टिकटकले भिडियो अन डिमान्ड इन्टरटेनमेन्ट सर्भिस आइफ्लिक्ससँग सहकार्यको घोषणा गरेको छ।
सो सहकार्यअन्तर्गत अबदेखि टिकटकका भिडियोहरु आइफ्लिक्समा उपलब्ध हुने भएका छन्। आइफ्लिक्ससँगको सहकार्यसँगै टिकटकले एशियाका १३ देशहरुका दर्शकहरुलाई छोटो भिडियोहरु उपलब्ध गराउने भएको हो।
यसको लागि आइफ्लिक्समा छुट्टै ‘टिकटक’ नामक च्यानल हुनेछ। जहाँ विश्वभरका भाइरल भिडियोहरुहुने र ट्राभल, कमेडी, पेट्स, स्पोर्टस, र लाइफस्टायल जस्ता विभिन्न क्याटोगरीमा भिडियोहरु छुट्याएर राखिने छ। जुन प्रयोगकर्ताले सजिलै हेर्न सक्नेछन्।
नेपालमा पनि आइफ्लिक्सको सेवा उपलब्ध रहेको छ। आइफ्लिक्सले नेपाली बजारमा एनसेलसँगको सहकार्यमा भिडियो अन डिमाण्ड सेवा दिईरहेको छ। त्यसैले संभवत सो टिकटक च्यानल नेपाली प्रयोगकर्ताहरुलाई पनि उपलब्ध हुनसक्ने देखिन्छ। तर टिकटक च्यानल नेपालमा प्रयोगकर्ताहरुले हेर्न सक्छन वा सक्दैनन भन्ने पक्का जानकारी भने अहिल्यै आइसकेकाे छैन्।