काठमाडौं– आगमन थापा, पेमा डोल्मा लामा र तहिस्मा चौहानले ‘किड्डी फेस अफ दि इयर २०२०’ को उपाधि जितेका छन्। आगमन बालक सिनियर तर्फ शीर्ष विजेता चुनिँदा बालिका तर्फ पेमा डोल्मा लामा सिनियर र तहिस्मा चौहान जुनियर तर्फको शीर्ष विजेता घोषित भए।
तीनै जना विजेताले उपाधिका साथै विभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे। कार्यक्रममा तीनै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो।
शनिबार अबेरसाँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्टरनर अप, केन्द्रीत पौडेल सेकेन्ड रनरअप चुनिँदा बालक जुनियरतर्फ प्रतिक भट्ट फष्ट रनरअप र जयस अग्रवाल सेकेन्ड रनरअफ भए।
त्यस्तै बालिका सिनियर तर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियर तर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए। ९ देखि १४ बर्षसम्मका ७ बालक र २५ बालिका गरेर जम्मा ३२ जना सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्याइएको थियो।
बालबाललिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिवृद्धि गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो।
प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए। निलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (बिजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री) मधुसुदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापा लगायत प्रतियोगिताको निर्णायक रहेका थिए।
कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो। प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन्। कार्यक्रम एकदमै रोचक रहेको थियो।
ब्यक्तित्व विकास, डान्स, सञ्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत १ दर्जन भन्दा बढी बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित बालबालिकालाई आयोजकले प्रतियोगीको अन्तिम प्रतिस्पर्धामा उतारेको हो।