काठमाडौं– बिशेष गरी फर्सीलाई तरकारी पकाउन तथा सलाद बनाउन मात्र प्रयोग गरिन्छ। फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ।
नियमित फर्सी खानु लाभदायक
फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ, फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ। फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ।
यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ, फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ, रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्छ साथै, यसको फल मात्र नभएर साग तथा दाना पनि खानमा उपयोगी हुन्छ।