काठमाडौं– कपाल केराटिन नामक प्रोटिनबाट बनेको हुन्छ। हरेक अण्डामा ३.६ देखि ६.५ ग्राम प्रोटिन रहेको हुन्छ। यसमा पाइने प्रोटिनको कारणले अण्डालाई स्वस्थ कपालको लागि प्रयोग गर्न सकिन्छ।
कपाल बृद्धिका लागि अण्डाको प्रयोग
अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस्, यसमा एक चम्चा जैतुनको तेल मिसाई राम्रोसंग चलाउनुहोस्, त्यसपछि आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् र तावलको प्रयोग गरी कपालमा भएको पानी हटाउनुहोस्। अब तयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस्।
सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् त्यसपछि कपाल सफापानीले धुनुहोस्। यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल पनि बढ्छ र बलियो, चमकदार एवं स्वस्थ राख्न पनि मद्दत पुर्याउँदछ। यादः रहोस् अण्डामा धेरै प्रटिन हुनेहुँदा यसको धेरै प्रयोग गर्नु राम्रो मनिदैन। महिनामा एक पटक मात्र प्रयोग गर्नु उत्तम हुन्छ।