काठमाडौं– नयाँ सभामुखको चयनको लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिमात्र बैठक शुरु भएको हो।आज विहान मात्रै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब साढे दुई घन्टा लामो छलफल भएको थियो।
दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय भएको थियो। उक्त निर्णयलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी रहेको छ।