एजेन्सी– चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले आफ्नो नयाँ फोल्डेवल स्मार्टफोन मेट एक्स एस सार्वजनिक गर्ने भएको छ।
ह्वावे कन्जुमर ग्रुपका सिइओ रिचर्ड युका अनुसार कम्पनीले आफ्नो पहिलेको फोनको तुलनामा यस नयाँ फाेनमा कयौँ एडजस्टमेन्ट गरेको छ। यो स्मार्टफोन मेट एक्स स्मार्टफोन भन्दा सस्तो मूल्यको हुनेछ। साथै यो फोल्डेवल स्मार्टफोन राम्रो हिन्ज डिजाइन र बलियो डिस्प्लेको साथ लन्च गरिने छ।
हाल चीनमा मात्रै बिक्रीको लागी उपलब्ध मेट एक्स २ हजार ४ सय अमेरिकी डलरमा बिक्री हुन्छ जसअनुसार यो स्मार्टफोन सामसङको फोल्डेवल स्मार्टफोन भन्दा मह्ङगो पर्दछ। तर ह्वावेको नयाँ स्मार्टफोन मेट एक्स एस अहिलेको मेट एक्सको तुलनामा छोटो हुनेछ डिस्प्लेको डिजाइन भने एउटै रहनेछ।
सामसङको फोल्डेवल स्मार्टफोन ग्यालेक्सी फोल्ड जस्तै भित्र फोल्ड हुने किसिमको रहेकाे याे फाेनमा मेट एक्सको जस्तै मेटएक्स एस पनि ९९० फाइभ जी प्रोसेसर रहेकाे तर यसमा गूगल सेवा र एप्सहरु नरहेकाे कम्पनीले जनाएकाे छ।