एजेन्सी– लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुत भएको छ। आइतबार म्यानचेस्टर युनाइटेलाई २–० ले हराउँदै लिभरपुल थप बलियो बनेको हो। प्रिमियर लिगमा लिभरपुलको यो लगातार १३ औं जित हो।
यो सिजन २२ खेलमा अपराजित रहेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछाडि छाडेको छ। अझै लिभरपुलले सिटीले भन्दा एक खेल कम खेलेको छ। लिभरपुललाई जित दिलाउन भर्जील भान डाइक र मोहम्मद सलाहले गोल गरे। डाइकले १४ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए। ट्रेन्ट अलेक्जेन्डरको कर्नरमा डाइकले हेडमार्फत गोल गरेका थिए।

इन्जुरी समयको तेस्रो मिनेटमा काउन्टर एट्याकमा सलाहले गोल गर्दै टोलीको जित पक्का गरे। युनाइटेडले गोलको केहि अवसर पाएको थियो। तर सफल भएन। २२ खेलमा शीर्षस्थानको लिभरपुलको ६४ अंक छ। दोस्रो स्थानको सिटीलको ४८, लेस्टरको ४५, चौथो स्थानको चेल्सीको ३९ र पाँचौं स्थानको युनाइटेडको ३४ अंक छ।
त्यसअघि दोस्रो हाफमा क्रिस उड र एस्ले वेस्टउडले गोल गरेपछि लेस्टरमाथि बर्नलीले लेस्टर सिटीलाई २–१ ले हराएको थियो। निक पोपले पेनाल्टी रोक्दै लेस्टरलाई दोस्रो पटक अग्रता लिनबाट रोकेका थिए। खेलमा भने लेस्टरले अग्रता लिएको थियो। हार्भे बार्न्सले ३३ औं मिनेटमा गोल गर्दै लेस्टलाई अग्रता दिलाएका थिए।
उडले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। जेमी भार्डीको पेनाल्टी प्रहारलाई पोपले रोक्दै लेस्टरलाई अग्रता लिन दिएनन्। वेस्टउडले ७९ औं मिनेटमा गोल गर्दै बर्नलीलाई जित दिलाए। पाँचौं खेलमा पहिलो जित हासिल गरेको बर्नली २७ अंकसहति १४ औं स्थानमा उक्लेको छ। छैटौं खेलमा चौथो हार बेहोरेको लेस्टर ४५ अंक साथ तेस्रो स्थानमा छ।