काठमाडौं– अहिले केहि दिन यता देशभर चिसो बढेको छ। चिसो मौसममा पानी पनि धेरै चिसो हुने गर्दछ। चिसोमा सबैभन्दा गााहो मानिने काम हो नुहाउनु, त्यसैले धेरैले नुहाउनु अघि पानी तताउने गर्दछन्।
नुहाउने पानी तताउने एक माध्यम गिजर पनि हो। एकदमै सरल तरीकाबाट पानी तताउने माध्यम ग्यास गिजर धेरैको रोजाइमा पर्दछ। तर कतिपय अवस्थामा सही तरीकाले गिजरको प्रयोग गरीएन भने यसले खतरा समेत निम्त्याउछ। त्यसैले गिजरको प्रयोग गर्दा होसपुर्याउनु पर्दछ।
गिजरमा नुहाउँदा हुने हानी
यदि गिजरको प्रयोग सावधानिपूर्वक गर्न नसकेमा ज्यान जानेसम्मको खतरा हुन्छ। ग्यासको माध्यमबाट प्रयोग हुने गिजरले ग्यास नै उत्पादन गर्दछ। यस प्रकारको ग्यासबाट कार्बनमोनो अक्साइड र नाइट्रो अक्साइड निस्कन्छ।
सानो वा साघुरो बाथरुममा नुहाउँदा ढोका र भेन्टिलेसन बन्द गर्दा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्ने गर्दछ।
यस्तो अवस्थामा मानिस बाथरुममा रहँदा नुहाउँदा नुहाउँदै रीगंटा लागेर बेहोस पनि हुन सक्छन्। बेहोसीको कारण उनीहरु ढोका खोलेर बाहिर निस्कन सक्दैनन्। जसले बाथरुममा नै मानिसको मृत्यु हुने गर्दछ। त्यसैले नुहाउनु भन्दा पहिला बाथरुमको भेन्टिलटर वा कुनै न कुनै माध्यमबाट हावा निस्कन दिनुपर्छ।
जतिसुकै जाडो भएपनि गिजर प्रयोग गर्दा हावा प्रवाह हुने माध्यम खुल्ला राख्न अनिवार्य हुन्छ। अतः नुहाउँन जाँदा परिवारका मानिसलाई आफु नुहाउन जान लागेको भन्ने जानकारी गराउनु पर्छ। जसले गर्दा धेरै समय बाथरुम रहँदा उनिहरु पनि सर्तक रहन्छन्।