काठमाडौं– भुटेको मकै प्रायः मानिसहरूलाई मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा पुर्याउने गर्छ। यसमा फाइबरको मात्रा अधिक हुन्छ। जसले पाचन प्रणालीमा सुधार गर्छ।
भुटेको मकै खाएमा एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुँदैन। यसमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरको हड्डी मजबुत बनाउँछ। भुटेको मकैमा भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ।
यसले शरीरलाई रगत अभावको समस्याबाट जोगाई कमजोरी हुनबाट बचाउँछ। भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रवाहलाई तीव्र बनाई रक्तचाप नियन्त्रण गर्छ। यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न भरपुर सहयोग गर्छ।
मकैले मुटु रोगको खतराबाट बचाउँछ। भुटेको मकैलाई तातो पानीमा केही बेर उमालेर त्यसको पानीलाई छानेर मिश्रिसँग खाँदा पिसाब पोलेको वा किड्नी कमजोरीको समस्या समाधान हुन्छ।