एजेन्सी– दक्षिण अमेरिकी मुलुक पाराग्वेको एक जेलबाट आइतबार ७५ कैदी फरार भएका छन्।
पूर्वी भेगस्थित ब्राजिलको सीमानजिक रहेको पेद्रो हुआँ क्याबालेरो सहरको जेलमा एउटा सुरुङ फेला परेको छ। कैदी मूलढोकाबाट फरार भएको सिसिफुटेजमा देखिएको छ। जेलका अधिकारीहरुले सबै कैदीलाई मूलढोकाबाटै जान दिएको आशंका गरिएको छ।
यो घटनाबारे छानबिन हुने जनाइएको छ। भागेका कैदीमध्ये अधिकांश ब्राजिलको ‘फर्स्ट कमान्ड अफ द क्यापिटल’ नामक आपराधिक समूहका सदस्य छन्। यो समूहका ३० हजार सदस्य रहेको रहेको अनुमान गरिएको छ।