एजेन्सी– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश गरेको छ। गए राति भएको अन्तिम ३२ को खेलमा लोरिन्टमाथि १–० को जित निकाल्दै पिएसजी अन्तिम १६मा पुगेको छ।
टोलीको प्रमुख खेलाडीलाई आराम दिएर खेलेको पिएसजीलाई जितका लागि ठूलै संघर्ष गर्नुपरेको थियो। खेलको ८० औं मिनेटमा पिएसजीका पाब्लो सराबियाले गरेको १ मात्रै गोल जितका लागि निर्णायक बन्यो।
फ्रेन्च कपको अन्तिम १६ मा जाने सबै टोलिको टुंगो लागेको छ। अन्तिम आठमा प्रवेशका लागि पिएसजीले अन्तिम १६ मा पाउसँग खेल्ने छ। अन्तिम १६का खेल जनवरी २९ बाट सुरु हुनेछ।