एजेन्सी– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले बिग बास लिगमा १२ औं खेल खल्दैछ। मेलबर्न र सिड्नी सिक्सर्सबिचको उक्त खेल नेपाली समयअनुसार १ः२५ बजे शुरु हुनेछ।
सिड्नीविरुद्धको उक्त खेलमा सन्दीप सहभागि हुने लगभग पक्काजस्तै छ। बिग बासमा समग्रमा राम्रो प्रदर्शन गरिरहेका सन्दीपले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिएमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा अगाडि आउने छन्।
हालसम्म १० खेलबाट १२ विकेट लिएका उनले आज २ वा सो भन्दा बढी विकेट लिएमा जारी सिजनको बिग बास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा उनी टप ५ भित्र पर्नेछन्। सिड्नी थन्डरका डानियल साम्स २० विकेटका साथ उक्त सुचिको शीर्षस्थानमा छन्।
दोस्रो स्थानमा मेलबर्न स्टार्सका हरिस रौफ र तेस्रो स्थानमा एडिलेट स्टाइकर्सका राशिद खान छन्। ११ खेलमध्ये १० खेलमा जित निकालेको स्टार्स तालिकाको शीर्षस्थानमा रहेको छ। चोटका कारण एक खेल गुमाएका सन्दीपले स्टार्सको बाँकी सबै खेलमा मौका पाइरहेका छन्।