काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफेले राजिनामा दिने भएकी छिन्।
खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन्।
उपसभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार सभामुख तुम्बाहाङफे सोमबार (आज) प्रतिनिधिसभा बैठक बस्नु अगाडि नै राजीनामा दिने तयारीमा छिन्।
उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा आज दिउँसो १ बजे हुने प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने गरी तयारी भएको बताईएको छ।