काठमाडौं– सामाजिक सञ्जालमा भाईरल गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो।
जसअनुसार राउत काठमाडौं आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण भिडियो लाइभ गरेकी थिइन्।
उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेपछि उनलाई पक्राउ परेर अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो। आस्थालाई पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालबाट कलाकर्मीले आस्थाको पक्ष र विपक्षमा आफ्ना धारणाहरु सार्वजनिक गरिहेका छन्।
एकै प्रकृतिको घटना पूर्वयुवराज पारसलाई छुट, आस्थामाथि उजुरी! नेपालमा गीत सङ्गीत सम्बन्धी दर्जनौँ संघसंस्था पनि छन्। तर आस्थाको विषयमा कुनै पनि संघसंस्था अहिलेसम्म बोलेको अवस्था छैन। यही विषयलाई लिएर चर्चित गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा गुनासो पोखेका छन्।
उनले एक स्टाटस लेख्दै आस्थाको बारेमा बोल्ने कुनै संघसंस्था नभएको गुनासो गरेका हुन्। प्रमोद आस्था कोच रहेको रियालटी सो ‘दि भ्वाइस अफ नेपाल’ का कोच पनि हुन्। उनले आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको अवस्थामा गीतसङ्गीतको क्षेत्रमा धेरै संघसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि संघसंस्था नभएको महसुस भएको बताएका हुन्। प्रमोदको स्टाटस यस्तो छः
