काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘मन पराउनु’ युट्युवमा सार्वजिनक भएसँगै दर्शककाे राेजाइमा पर्न सफल भएकाे छ। गीतमा चर्चित नायिका केकी अधिकारी र प्रियंका कार्कीसँगै सुवास सुवेदीको अभिनय रहेको छ। जुन गीतलाई छोटो समयमा दर्शकले अत्याधिक रुचाएका छन्। केकी अधिकारी र प्रियंका कार्की पहिलो चोटी सँगै म्यूजिक भिडियोमा देखिएकी हुन्।

सन्तोष केसीको संगीत र वासुदेव पराजुलीको शब्द रहेको गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन्। सुभ्रत राज आचार्यको उत्कृष्ट निर्देशन रहेको म्यूजिक भिडियो एकदमै उत्कृष्ट बनेको छ। गीतमा मन पराउनु गल्ती होईन तिमीलाई दोषी भन्दिन म भन्ने निकै मर्मस्पर्शी भाव रहेको छ। गीत सन्तोष केसीको अफिसियल यूटूब च्यानलबाट बजारमा आएकाे हाे।
https://www.youtube.com/watch?v=uh50PWpNfcQ