काठमाडौं– बच्चाको शरीरको विकासका लागि उसको खानपानमा निर्भर हुन्छ। यसका साथै मानसिक विकासका लागि स्वस्थ र पौष्टिक आहारकाे आवश्यकता पर्दछ।
बच्चाकाे लागि भने उसकाे आहारमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ जसले शरीर र दिमागको उर्जा कायम राख्छ, मानसिक विकासमा जाेड दिन्छ। त्यसैले बालबालिकाका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ।
बालबालिकाको मष्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाको खानपानको असर बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो। यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिडयुक्त खाना बढी सेवन गर्छिन् भने बच्चाको दिमाग तेज हुन्छ।
एक अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ। यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्नुपर्छ। यसका अलावा हरियो सागसब्जीमा पनि ओमेगा ३ फ्याटी एसिड पाइन्छ।
बच्चाको मानसिक विकासका लागि आवश्यक आहारहरू
दूध र दही
बच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ। दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ। चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ। बच्चालाई फास्टफुड र जंकफुड कुनै पनि हालतमा नदिनुस, यसमा दिमागको विकासका लागि जरुरी पौष्टिक तत्व हुँदैंन। बच्चाको डाइट चार्ट बनाउँदा चिकित्सकको सहयोग लिन सकिन्छ।
हरियो सागसब्जी
बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ। बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ। त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ। यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ।
ओखर
ओखरले पनि दिमाग तेज हुन्छ, ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ। यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ। यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ। बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ।
माछा
बच्चा जन्मेर ९ महिनाको भएपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ। बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ। त्यसकारण गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।