काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुखमा सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ।
कांग्रेस शीर्ष तहमा यस बारेमा छलफल भएको स्रोतले बताएको छ। यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन।
आइतबार नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो। संसद बैठक आज बस्दैछ।