काठमाडौं – नायिका साम्राज्ञी अहिलेकी सबैभन्दा ब्यस्त र रुचाईएकी नायिका हुन्। यो बर्ष रिलिज भएका दुई चलचित्र असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला केही मौन छिन्। अब, उनले चलचित्र छानेर काम गर्नुपर्नेछ। होइन भने उनको करिअर गम्भिर संकटमा पर्न सक्छ।
उनै, साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन्। यसैविच, साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम गरेकी छिन्। साम्राज्ञी आफैले देवांशसँगको तस्वीर सार्वजनिक गर्दै म्यूजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन्। उनले आजसम्म म्यूजिक भिडियोमा मोडलिङ गरेकी थिइनन्। यसैले पनि उनले यो निर्णय किन गरिन् भन्ने प्रश्न उनको फ्यानहरुमा उठ्न सक्छ।
साम्राज्ञीले आफ्नी आमा नेहा आरएल शाहको आवाज रहेकाे ‘तिमी र म’ बोलको गीतमा प्रेमीसँग मोडलिङ गरेकी छिन्। अहिले भिडियो भने सार्वजानिक भएको छैन, उनकी आमाको आवाजमा प्रेमीसँगको रोमान्समा साम्राज्ञीलाई हेर्न दर्शक हतारमा छन्।