काठमाडौं– आँखाको तल्लो भागमा हुने कालो घेरालाई डार्क सर्कल भनिन्छ। जुन शरीरमा कैयौँ पोषण तत्वको कमीका कारण हुने गर्छ। तर, कतिपय अवस्थामा उमेर बढ्दै जाँदा, ड्राई स्किन, रातभर काम गर्दा र सुत्ने आसन नमिल्दा पनि यस्तो समस्या हुने गर्छ।
आँखाको कालो घेरालाई निर्मुल गर्ने घरेलु उपचार
टमाटर – टमाटरमा कैयौँ यस्ता गुण हुन्छन, जसले छालाको डार्क कलरलाई हल्का गर्ने काम गर्छ। यसले छालालाई ग्लो पनि प्रदान गर्छ। त्यसका लागि एक चम्चा टमाटरको पेस्ट र कागतीको रसको केही थोपाको मिश्रण गरी बनाएको पेस्टलाई आँखाको तल्लो भागमा रहेको कालो घेरामा लगाएर १० मिनेटसम्म आँखामै राखेर पछि चिसो पानीले सफा गर्नुपर्छ।
काँक्रो – छाला स्वस्थ राख्न काँक्रो निकै राम्रो मानिन्छ। काँक्रो छालामा लगाउँदा फ्रेस र ग्लोइङ भएर जान्छ। त्यसका लागि काँक्रो पातलो गरी स्लाइस काट्नुपर्छ। त्यसलाई रेफ्रिजरेटरमा करिब ३० मिनेट राखेर चिस्याउनुपर्छ। त्यसपछि रेफ्रिजरेटरबाट झिकेर डार्क सर्कल भएको ठाउँमा १० मिनेटसम्म राख्नुपर्छ।
अनि पानीले सफा गर्नुपर्छ। यस्तो गतिविधि दिनमा तीन–चारपटक गर्दा राम्रो हुन्छ। त्यस्तैगरी, काँक्रो र कागतीको मिश्रणलाई कटनको सहायताले कालो घेरा भएको ठाउँमा लगाउन पनि सकिन्छ। यसरी लगाएको करिब १५ मिनेटपछि पानीले सफा गर्दा राम्रो हुन्छ।
बदामको तेल — बदामको तेलमा कैयौँ प्राकृतिक औषधि हुने गर्छ। जसले आँखावरिपरिको छालालाई फाइदा र्पुयाउछ। बदामको तेलको नियमित उपयोगले छालाको रङलाई हल्का पार्ने गर्छ र बिस्तारै आँखाको आसपासमा भएको डार्क सर्कलको समस्या पनि टाढा भएर जान्छ। यसका लागि रातको समय आँखाको तल्लो भागमा थोरै तेल लगाई हातले हल्का मालिस गर्ने र बिहान उठेपछि राम्रोसँग मुख धुनुपर्छ। त्यसपछि बिस्तारै आँखाको कालो घेरा हटेर जान्छ।
पानी – आँखाको तल्लो भागमा डार्क सर्कल छ भने त्यसको कारण शरीरमा पानीको मात्रा नपुगेर पनि हुन सक्छ। पानीको पर्याप्त सेवन कैयौँ रोगको औषधिसमेत हो। जुन साधारण घरेलु उपचार पनि हो। पानीले डार्क सर्कललाई पनि टाढा गर्ने काम गर्छ भने, पानी पिउँदा स्किन हाइड्रेट रहन पनि सघाउ पुग्छ।