रसुवा– रसुवाको गोसाइँकुण्ड पदयात्रामा गएका तीन जना पर्यटक तीन दिनदेखि बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा काठमाडौंको गोकर्णेश्वर–७ का १९ वर्षीय जापान तामाङ र उनका दुई जना साथी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाको अनुसार उनीहरू नुवाकोटको दुप्चेश्वर–१ फेदीबाट सम्पर्क विहीन भएका हुन्।
शुक्रबारसम्म सम्पर्कमा रहेका उनीहरुले परिवारका सदस्यलाई फेदी भन्ने स्थानमा बसेको र लगातार हिउँ परिरहेको जानकारी गराएका थिए।
खोजीका लागि शनिबार र आइतवार दुई वटा हेलिकोप्टर परिचालन गरिएको भएपनि उनीहरुको अवस्थाबारे जानकारी प्राप्त नभएको प्रहरी कार्यालय रसुवाले जनाएको छ।