एजेन्सी– भारतले शक्तिशाली आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ। अनेकौँ ढिलाइपछि के–४ क्षेप्यास्त्र परीक्षण गरेको छ। ३५ सय किमिसम्म मार हान्न सक्ने यो क्षेप्यास्त्र अरिहन्त समूहको पन्डुब्बीबाट प्रहार गर्न मिल्छ।
गत अक्टोबरमा नै परीक्षण गर्न खोजिएपनि विविध कारणले यो पछि सरेको थियो।आन्ध्र प्रदेशनजिकै समुद्रबाट आइतबार यो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ। चौथो प्रयासपछि परीक्षण सफल भएको यो सबैभन्दा शक्तिशाली हतियार मध्ये एक हो।
भारतको डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसनले ५ हजार किमि मार हान्न सक्ने के–५ क्षेप्यास्त्र पनि बनाइरहेको छ।अमेरिका,कोरिया, रुस, चीन, फ्रान्स र बेलायतसँग मात्र यस्तो क्षमता थियो।आज आएर भारतले पनि आकाश, जमिन र पानीमुनिबाट प्रहार गर्न सकिने आणविक क्षेप्यास्त्र बनाउने छैठौँ मुलुक बनेको छ।