एजेन्सी– लग्जरी फ्यान बनाउने भारतीय कम्पनी ‘लग्जेइर’ले आफ्नो पहिलो आईओटी कनेक्सन भएको स्मार्ट फ्यान सार्वजनिक गरेको छ। अत्याधुनिक विशेषताले भरिएको यो स्मार्ट फ्यानलाई कम्पनीले लग्ज ५१३० नाम दिइएको छ।
यो विशेष किसिमको फ्यानमा १० वर्षको मोटर वारेन्टी रहेको छ। जुन इन्डस्ट्रीमा सबैभन्दा धेरै लामो अवधिको वारेन्टी रहेको कम्पनीको दाबी छ। ४ वटा ब्लेड जडान गरिएको यो फ्यान उडन ब्लेड डिजाइन, ग्लास र प्रीमियम फिनिशयुक्त रहेको छ।
आश्चर्यको कुरा के छ भने यस पंखालाई प्रयोगकर्ताले विज्ज(WiZ) सिस्टम अर्थात प्रयोगकर्ताले यसलाई बोलेर कन्ट्रोल गर्न सक्दछन्। यस स्मार्ट फ्यानले एलेक्सा, गूगल असिस्टेन्ट र सीरीलाई समेत सर्पोट गर्दछ। कम्पनीको अनुसार प्रयोगकर्ताले यसलाई आफ्नो रिमोटबाट टिभी कन्ट्रोल गरेझै कन्ट्रोल गर्न सक्दछन्।
२ लाख रुपैयाँ मुल्य राखेका यस स्मार्टफ्यानमा रहेको मोटरपछाडी एलइडी लाइट रहेको छ जुन २० वाटको वार्म ह्वाइट ३००के एलइडी लाइटसँगै आउँदछ। कम्पनीका अनुसार पंखा २ सय १८आरपीएम को टप स्पीडमा हुनेछ। साथै अरु पंखाको तुलनामा ७० प्रतिशत इनर्जी बचाउने कम्पनीको दाबी छ।
एजेन्सीकाे सहयाेगमा