एजेन्सी– अहिलेकी चर्चित बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ। पछिल्लो समय रोजाईकी नायिकाको रुपमा भूमिले आफूलाई स्थापित गरिरहेकी छिन्।
उनको हातमा चलचित्रको कुनै अभाव छैन। वर्ष २०१९ मा रिलिज भएका तीन चलचित्रले नै भूमिलाई सफलता दिलाएका थिए। ‘साँडकी आँख, बाला र पति पत्नी और ओ’ बाट भूमीले आफूलाई स्थपित गरिसकेकी छिन्।
यतीका चलचित्र सफल भइरहँदा पनि उनी आफूलाई स्टार कलाकार मान्दिनन्। एक अन्तरवार्तामा उनले भनेकी छिन्, ‘म आफूलाई स्टार मान्दिन र मान्ने बेला पनि भएको छ जस्तो लाग्दैन्। म कलाकार हुँ। कलाकार नै भएर रहने मन छ।’ उनले चलचित्र सफल हुँदाको फाइदा भने भेटेकी छिन्।
उनले भनिन्, ‘चलचित्र सफल भयो भने नयाँ चलचित्रको अफरहरु धेरै आउने रहेछन्। जब धेरै चलचित्रको अफर आउँछ मैले छानेर राम्रो चलचित्रमा काम गर्न सक्छु। मेरो ध्यान स्टार बन्नेमा होइन, राम्रो काम गर्नेमा छ।’
भूमी अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ रिलिजको तयारीमा छन्। यसपछि भूमिले अक्षय कुमारको चलचित्र ‘दुर्गावती’ मा पनि मुख्य भूमिका निर्वाह गदैछिन्।