काठमाडौं– तपाईले कतै हाच्छिउँ रोक्ने प्रयास त गर्नुभएको छैन ? यस्तो प्रयास गरेमा तपाईंको लागि प्राणघातक पनि हुन सक्छ। डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा रोक्नुभएमा वा नाक र मुख बन्द गरेमो गम्भीर चोट लाग्न सक्छ।
डाक्टरहरुका अनुसार जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ। यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ। डाक्टरहरुको परीक्षणले के बताउँछ भने, हाच्छिउँ रोक्दा गर्धनको भाग सुन्निन्छ।
क्षतिबाट बच्न के गर्ने
विशेषज्ञका अनुसार हाच्छिउँबाट रोगहरु फैलिन सक्छ, तर कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ। सर्वत्र फ्लु फैलिएको बेला हाच्छिउँ गर्दा सबैले रूमाल वा कपडाले मुख ढाक्नुपर्छ भनेर प्रोत्साहित गरिएको छ।
हाच्छिउँ सम्बन्धी रोचक तथ्यहरू
– हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ
– हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ
– हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ
– धुवा-धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ
– नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ
– हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ र हाच्छिउँ गर्दा मुटुको धड्कनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ।